शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा आयोजित दुई दिवसीय तीज महोत्सवका लागि आमन्त्रित कलाकारहरु नेपालबाट जापान प्रस्थान गरेका छन् ।
Ma Nepali Group
’म नेपाली ग्रुप’ जापानले यहि अगष्त २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा आयोजना हुन गईरहेको दुई दिवसीय तीज महोत्सवका लागि कलाकारहरु जापान उडेका हुन् ।
तीजका गीतहरुको सवालमा अग्रस्थान बनाएकी चल्तिकी गायिका सुनिता दुलाल, ब्यस्त गायक प्रकाश कटुवाल र उदीयमान गायक बैकुण्ठ महत आजै साँझ जापान प्रस्थान गरेका हुन् ।

पूर्व प्रचार गरिएअनुसार गायिका जमुना सनम भने प्राविधिक कारणवश यसपटक तीज कार्यक्रममा जापान आउन नभ्याउने भएकी छिन् । यसका लागि आयोजकका तर्फबाट संयोजक स्मृति आचार्यले जापानवासी नेपालीसमक्ष क्षमायाचना गरेकी छिन् । दर्शक स्रोताहरुको मागलाई ध्यानमा राखी गायिका जमुनालाई निकट भविष्यमै उपयुक्त समयमा जापान बोलाइने उनले बताईन् । गायिका जमुना एक कार्यक्रमका लागि नेपालबाहिर रहेकीले जापानबाट भिसा गएपनि उनी आउन नभ्याएकी हुन् । ***

कलाकारहरुको शनिवार सेन्दाईमा तीज कार्यक्रम हुँदै छ । ***

तपाईको प्रतिक्रिया