शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

anuj thapaa

काठमाडौं – गैरआवासीय नेपाली संघ, जापानका महासचिव अनुज थापालाईं सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन बोर्डले अवैतानिक पर्यटन दूतमा नियुक्त गरेको छ ।
जापानमा रहेर पर्यटन प्रबर्धनमा महत्वपूर्ण योगदान पुरयाउने अपेक्षासहित दुई वर्षका लागि थापालाईं पर्यटन दूतको रुपमा नियुक्त गरेको पर्यटन बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय व्यापार र पर्यटन विषयमा स्नातकसमेत गरेका थापा विगत १६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ नेपालमा रहँदा वेल ब्वाईदेखि रिसेप्सनिष्ट हुँदै ट्रेकिङ गाइड, टूर अपरेटर र प्रमुख कार्यकारीको भूमिकामा समेत रहनु भएको थियो । उहाँ टोकियो ट्रान्सलेशन एजेन्सीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ भने आसाही ग्रुप अफ् कम्पनीजका कार्यकारी निर्देशक हुनुहुन्छ । धादिङ स्थायी निवासी थापा हाल जापान बस्दै आउनुभएको छ । ***

तपाईको प्रतिक्रिया