शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

6टोकियो – गल्कोट समाज जापानको बुधबार भएको चौथो अधिवेशनले ब्यवसायी नरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

टोकियोमा सम्पन्न अधिवेशनद्वारा सर्बसम्मत गठित ३१ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिलु खत्री (टोकियो) रहनुभएको छ भने अन्य उपाध्यक्षहरुमा भवानी पन्त (नागोया) कालिका थापा (टोकियो), दिपक केसी (नागोया), नरबहादुर थापा (नागोया), रतन थापा (टोकियो) रहनुभएको छ ।

यसैगरी महासचिबमा सम्मर बस्नेत (ओसाका), सचिबमा तेज चालिसे (ओसाका) र कृष्ण केसी (सिजुओका) रहनुभएको छ । कोषाध्यक्षमा बिजय भण्डारी (टोकियो), सहकोषाध्यक्षमा रामु चालिसे (ओसाका) रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा राजेन्द्र श्रेष्ठ (नागोया), नबिन निउरे (टोकियो), रमेश गौतम (नागोया), जगत थापा (ओसाका), लोकेश खत्री (टोकियो), रत्नसिंह बस्नेत (टोकियो), भिम क्षेत्री (टोकियो), सबिता श्रेष्ठ (टोकियो), भोजेन्द्र सुवेदी (टोकियो), सुमित खत्री (ओसाका), धन खत्री (टोकियो), अम्मर भण्डारी (नागोया), झम खत्री (नागानो), दिला गैरे (टोकियो), यदुराम सापकोटा (टोकियो), बिपिन कँडेल (फुकुओका), बिष्णु केसी (टोकियो), हेमन्त खत्री केसी (टोकियो) र ईश्वर श्रेष्ठ  (टोकियो) रहनुभएको छ ।

अधिबेशनले निवर्तमान उपाध्यक्ष याम खत्री संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ, समितिको सदस्यहरुमा, बेलु थापा (टोकियो), पदम 5मल्ल (नागोया), सन्त खत्री (टोकियो), बाबुराम सापकोटा (टोकियो), टंक गैरे (फुकुओका), पम खत्री (नागानो), तेजेन्द्र थापा (टोकियो), खडक बस्नेत (हिरोशिमा), हिरा शेरचन (टोकियो), केहरसिंह बस्नेत (टोकियो), गमन बुढाथोकी (टोकियो), चन्द्र खत्री (टोकियो), रामु खड्का (मियकेन), पदम बुढाथोकी (सिजुओका), रामकृष्णबम मल्ल (टोकियो), आनन्द बस्नेत (सिजुओका), धनबहादुर खत्री (नागोया), झम्पलाल गैरे (नागोया), डिलाराम सापकोटा (ओसाका), रामु अधिकारी (नागोया) रहेका छन् ।

यसैगरी अधिबेशनले संस्थाको अभिभावकीय भूमिकामा रहने गरी संस्थापक अध्यक्ष कृष्ण गौचन (नागानो) को संयोजकत्वमा संरक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा मोहन खत्री (नागोया), हर्क थापा (ओसाका), गोबिन्द श्रेष्ठ (नागोया), आत्माराम गैरे (ओसाका) रहनु भएको छ । संरक्षण समितिमा निबर्तमान अध्यक्षहरु क्रमशः थपिदै जाने प्रावधान राखिएको छ ।

अधिवेशन समारोहको संस्थापक अध्यक्ष कृष्ण गौचन र अध्यक्ष हर्क थापाले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो । बरिष्ठ उपाध्यक्ष नरबहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको सो समारोहमा संस्थापक अध्यक्ष कृष्ण गौचन, सल्लाहकारहरु आत्माराम गैरे, गोबिन्द श्रेष्ठ (रोविन्द), खडक बस्नेत, बेलु थापा, तेजेन्द्र थापा र बाबुराम सापकोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो । समारोहमा सचिव सम्मर बस्नेतले कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष दिपक केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सचिव र कोषाध्यक्षद्वारा पेश गएकिो प्रतिवेदनलाई सर्बसम्मत पारित गरिएको थियो ।

अध्यक्ष हर्क थापाको सभापतित्वमा भएको सो अधिवेशन समारोह महासचिव भवानी पन्तको सञ्चालनमा भएको थियो । सभापतिको आसनबाट बोल्दै हर्क थापाले आफ्नो कार्यकालमा बिभिन्न अभियानमा साथ र सहयोग गर्नुहुने केन्द्रदेखि क्षेत्रसम्मका सबै पदाधिकारी, सल्लाहकार र जापानबासी सम्पूर्ण नेपालीहरु, संघसंस्था र सञ्चारकर्मीहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । यसैगरी नवनिर्बाचित अध्यक्ष नरबहादुर थापाले निबर्तमान कार्यसमितिलाई र अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया