शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलस्थित एक अमेरिकी विश्वविद्यालयमा भएको आतङ्कवादी हमलामा १३ जनाको मृत्यु भएको छ । American-University

हतियारसहित विश्वविद्यालयमा प्रवेश गरेका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिनेमा सात विद्यार्थी, तीन सुरक्षाकर्मी र तीन सुरक्षा गार्डको मृत्यु भएको हो । घटनालगत्तै गरिएको सुरक्षा कारबाहीमा दुई बन्दुकधारी पनि मारिएको बताइएको छ ।  घटनामा ३५ विद्यार्थी र ९ सुरक्षाकर्मी घाइते भएका छन् । १७ सय विद्यार्थी अध्ययन गर्ने उक्त विश्वविद्यालयमा घटनाका बेला विद्यार्थी र कर्मचारी गरी ७ सय ५० जना थिए ।

बन्दुकधारीहरु विश्वविद्यालयमा प्रवेश गरी आक्रमण गर्न थालेपछि विश्वविद्यालयका विद्यार्थी तथा कर्मचारी कक्षा कोठामा लुकेकाले मृत्युको मुखबाट बच्न सफल भएका छन् । घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । –एजेन्सी

तपाईको प्रतिक्रिया