शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – तीज नजिकिँदै जाँदा विभिन्न कलाकारले सार्वजनिक गरेका गीतहरू युटुबमा हिट भैरहेका छन् । पछिल्लो समय तीजका गीतमा विकृति बढेको र ब्यंग्यात्मक शैलीका गीतहरू मात्र सार्वजनिक भए भनिरहेका बेला यी र यस्तै किसिमका गीतहरू बढी हिट भएका छन् । maxresdefault

पछिल्लो समय लोकगायक भन्दा पनि तीज गायकका रूपमा परिचित भएका चर्चित गायक पशुपति शर्माका धेरै गीतहरुले दर्शक श्रोताको मन जितेका छन् । त्यसो त उनी बाहेक अन्य कलाकारका गीतहरू पनि उत्तिकै हिट रहेका छन् । हामीले यो समाचार तयार पार्दा सम्म गायक शर्मा र गायिका कोमल बलिले बजारमा ल्याएको ‘लास्टै चोटि हो’ यटुबमा लगभग १८ लाखले हेरिसकेका छन् । त्यस्तै शर्माले आफ्नै शब्द र अन्य गायिकाहरुसँग गाएका बत्ती बाल्नै पर्दैन्, पोइ कमाउने स्वास्नीले उडाउने, मर्गनीको रोटीपसल, घडी हेरी हेरी, बुहारी सुत्केरी भईछ लगायका गीतहरू निकै हिट भए । यस्तै पूर्व प्रधानमन्त्री केपी ओलीका योजना र भनाइप्रति ब्यंग्य गरेर निकालेका गीतहरू पनि यो वर्षको तीजमा दर्शकको रोजाईमा परे । यसै विषयलाई गीतमा उतारेका गायक अरबिन्द्र भट्टराईको तीज गीत घर घरमा ग्यास पाईप पनि चर्चाको शिखरमा छ ।

उक्त गीत हालसम्म ५ लाख भन्दा बढीले हेरिसकेका छन् । यस्तै वैकुण्ठ महत र शीतल शर्माको पानीजहाज, नवीन पौडेलको दुखका दिन गए, खुमन अधिकारी र विष्णु श्रीपालीको धन्य केपी दाइ लगायका गीतहरू चर्चामा रहेका छन् । यी बाहेक तीजका गीतमा निकै विवादास्पद रहेकी गायिका ज्वती मगरको दुम्सी काडे जुगाँ हिट भए पनि उत्तेजक शैलीमा प्रस्तुत गराईएको तीलक बलि र मगरले गाएको गीत केरा काटेर भने अन्य गीतहरुको तुलनामा त्यति चर्चित नबनेको देखिएको छ । यसैगरी अघिल्लो तीजमा ढाडे बिरालोमा गायिका तथा मोडल ज्वती मगरलाई लिएर चर्चा ककाएका प्रकाश कटुवाल र श्रीदेबी देवकोटाका गीतहरू पनि तुलनात्मक रूपमा दर्शकले त्यति मन पराएनन् । त्यसो त देवकोटा र कटुवाल ले यो वर्ष बजारमा ल्याएको तीज गीत वान पिस लगाए खोल्दिन्छु भन्ने गीत केही हदसम्म चर्चामै छ । final

यसबाहेक सेल्फी गायिकाबाट परिचित लक्ष्मी मल्लको ननाचे बोर हुन्छ, घोर्ले छोरो, सन्तोष केसीको भट्टी की साउनी, नयनराज पाण्डेको तेरी स्वास्नी पोइला गई, रेसम सापकोटाको पण्डितेकी जोई लगायतका गीतहरू पनि चर्चामा छन् । तीजमा गीतमा टिपिकल भएन भनेर आलोचना भइरहेका बेला त्यस्ता तीजका गीत भन्दा ठ्यौली किसिमका गीतहरू नै बढी चलेका देखिन्छन् । तीजका भाकामा प्रस्तुत गर्न माहिर पुरानी पुस्ताकी चर्चित गायिका हरिदेबी कोइरालाका गीतहरुले यथार्थ तीजको भाव प्रस्तुत गरेपनि अहिलेको पुस्ता त्यसतर्फ त्यति आकर्षण नभएको हो कि भन्न सकिन्छ ।

त्यसो त उनले जस्तै टिपिकल गीत गाउने प्रयास गरेकी मञ्जु पौडेलका गीतहरू पनि चर्चामै छन् । पौडेलले खै त बाबा बुझेको कुरा बरिलै, मञ्जु पुनको माइतीघरको माया लगायका गीतहरू भने मन पराईएका छन् ।

तपाईको प्रतिक्रिया