शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

Earthquake in italyइटाली – इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । भूकम्पमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । मध्ये इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । अमाट्रिसे सहरका मेयरकाअनुसार सहरको आधाभाग पूर्णरुपमा ध्वस्त भएको छ ।

यस्तै, अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको थियो । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो ।

भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको थियो । इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी तीन सयजनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया