शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठामाडौँ – सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने भएकाे छ ।

भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीहरुको नाम पठाउन ढिलाइ गरेको कांग्रेसले अज बाँकी मन्त्रीको नाम टुङ्गो लगाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको छ ।

मन्त्रीको टुङ्गो लागेपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने बताइएको छ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वर्तमान सरकार निर्माणका बेला नेकपा (माओवादी केन्द्र) सँग १३ मन्त्रालय पाउने सहमति भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै ८ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले मन्त्री हुनेहरुको नाम टुंगो लगाए आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया