बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

off-road-driveपर्वत – पर्वतका ३३ वटा ग्रामिण सडकमा सवारी चलाउन रोक लगाइएको छ ।

रुट परमिट विना सवारी साधन चलाउन नपाइने भन्दै ति सडकमा रोक लगाइएको हो । यातायात व्यवस्था विभागबाट जारी सूचनाका अनुसार जिल्लाका विभिन्न गाविस जोड्ने सडक सञ्जालमा सवारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

सवारी सञ्चालनमा रोक लगाइएपछि ग्रामिण क्षेत्रका सर्वसाधारण भने मारमा परेका छन् । सार्वजनिक सवारी साधनमा रोक लगाइए पनि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक सवारी भने सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

सदरमुकाम कुश्माबजारबाट विभिन्न ३३ वटा ग्रामिण सडकमा विना इजाजत सवारी सञ्चालन हुँदै आएका थिए ।

तपाईको प्रतिक्रिया