शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

misail

सोल – उत्तर कोरियाले पानीजहाजबाट ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।
अघिल्लो महिना पानीजहाजबाट गरिएको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएपछि उत्तर कोरियाले पुनः परीक्षण गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले परमाणु हतियार निर्माण गरिरहेको भन्दै प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । अमेरिका र दक्षिण कोरियाले थालेको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्ट उत्तर कोरियाले युद्धका लागि तयार रहन चेतावनी दिएको केही दिनमै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । (एजेन्सी)

तपाईको प्रतिक्रिया