बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरवार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाई नलिएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ अनलाइन सम्पादक तथा प्रमुखसँगको अन्तरक्रियामा दाहालले भने, ‘नढाँटी भन्दा पहिलो हामी सरकारमा आउँदा विद्रोहको सोचाइ थियो । क्रान्तिको रापताप र विद्रोहको उमंग थियो । मौका पाए छोड्नु हुँदैन भन्ने नै थियो । सत्ता कब्जाको मानसिकता थियो । तर यसपटक त्यो सोचाइ र मानसिकता छैन ।’
दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा वास्तविकता र मानसिकताबीच केही अन्तरद्वन्द्व रहेको स्वीकार्दै भने, ‘सत्ता कब्जाको त्यो सोचाइ क्रान्तिको ऐतिहासिक घटनाक्रमलाई हेर्दा आफैंमा गलत थिएन । तर वास्तविकता अर्कै थियो । हामी १२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा आएका थियौं । सम्झौता भइसकेको अवस्था थियो तर मानसिकता विद्रोहकै थियो । त्यो अवस्था अहिले छैन ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया