शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टर्की – टर्कीले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई लक्षित गरेर सिरियामा आक्रमण गरेको छ । टर्कीले सिरियाको मानबिजमा आइएसका अखडालाई लक्षित गरेर बम आक्रमण गरेको बिबिसीले जनाएको छ ।

टर्कीको सहयोग गरेका सिरियाली बिद्रोहीले पनि टर्कीको सेनालाई साथ दिएका छन् । सिरियाको सीमा नजिक रहेको टर्कीको शहर गाजियान्टेपमा १५ सय सिरियाली बिद्रोही आइएस विरुद्धको कारबाहीका लागि तयारी अवस्थामा छन् ।

गाजियान्टेपमा विवाहको भोज भइरहेको ठाउँमा आइएसले आत्मघाती आक्रमण गर्दा ५१ जनाको ज्यान गएको थियो । टर्कीले त्यसपछि आइएस विरुद्ध कारबाही अभियान चलाएको हो ।

तपाईको प्रतिक्रिया