बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – मंगोलियामा जारी एएफसी कप प्रि–छनौट फुटबलको आफ्नो दोश्रो खेलमा नेपाली राष्ट्रिय लिग बिजेता थ्रीस्टारले आज कम्बोडियाको नागाबल्र्ड फुटबल क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

game

खेल मंगोलियाको उलानबट्टार स्टेडियममा नेपाली समयानुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ । एएफसी कपको छनौट खेल खेल्न थ्रीस्टारलाई आज कम्तीमा बराबरीको नतिजा आबश्यक छ ।

नागावल्र्डबिरुद्ध जित निकाले थ्रीस्टार समुहचरणको अन्तिम खेल अगावै दोश्रो चरणमा प्रबेश गर्नेछ । यसअघि आफ्नो पहिलो खेलमा थ्रीस्टारले घरेलु राष्ट्रिय लिग बिजेता ईर्चिम क्लबलाई २–० ले हराएको थियो ।

नौ राष्ट्रका लिग बिजेता टोलीलाई तीन समुहमा बिभाजन गरि सञ्चालित प्रतियोगीतामा समुहका शीर्ष स्थानमा रहने टोलीले एएफसी कप फुटबलको छनौट खेल्ने अबसर पाउने छन् ।

तपाईको प्रतिक्रिया