बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

Nepali-Janasamparka-Samiti-Japanटोकियो – नेपाली जनसम्पर्क समिति जापानको विवादित निर्वाचन स्थगन गर्न माउपार्टी नेपाली काँग्रेसले निर्देशन दिएको छ ।
जनसम्पर्क समितिको छैठौं अधिवेशनबाट नेतृत्व चयन गर्न आइतवार भएको निर्बाचन चरमविवादित र अन्यौलताका कारण आँशिक मतदान केन्द्रहरुमा मात्र मतदान भएको थियो ।

दुई प्यानलमा बिभाजित उम्मेदवारहरु मध्य लालबहादुर केसी (रोशन) प्यानलले निर्बाचनमा भाग नलिए पछि निर्बाचनमा एकपक्षिय सहभागिता रहेको थियो ।

कुल ९ क्षेत्र मध्य ५ क्षेत्रमा मात्र मतदान भएकोमा नागोयाको मतपेटिका कब्जा गरिएको थियो र बाँकी चार क्षेत्रमा निर्बाचन नै भएको थिएन । जटिल परिस्थितिमा धकेलिएको निर्बाचन सम्बन्धमा ढिलो गरी पार्टीकेन्द्रले स्थगन गर्न निर्देशन दिएको हो ।

निर्देशन पत्रमा क्रियाशील सदस्यहरु बिदेशमा स्थानान्तरण गर्ने नेपाली काँग्रेसको बिधानमा प्रावधान नभएको भन्ने जानकारी गराउँदा गराउँदै उनीहरुलाई निर्बाचनमा सहभागी गराईएको कारण निर्बाचनमा बिबाद आएकोले निर्बाचन तुरुन्त स्थगन गरी जानकारी गराउनु भन्ने उल्लेख छ ।

पछिल्लो निर्देशन पत्र अनुसार आइतवार सम्पन्न मतदानको कुनै अर्थ नरहने देखिएको छ । यसबाट जनसम्पर्कको यसपालीको निर्बाचन र सिंगो अधिवेशन नै थप जटिलतातर्फ धकेलिएको छ । ***
NC

तपाईको प्रतिक्रिया