शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – अर्याल समाज जापानले यही अगस्ट ३१ तारिख बुधवार तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । हिन्दु नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसरमा आयोजना हुने कार्यक्रममा शुभकामना आदानप्रदान गर्ने र दर खाने कार्यक्रम रहेको छ ।

क्वीन गार्डेन रेष्टुरेन्ट टोकियोमा राती साढे ११ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । तिज विशेष कार्यक्रममा सहभागी भइदिनका लागि सम्पूर्ण जापानवासी दाजुभाइ तथा दिदिबैनीहरुमा आयोजकले अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया