शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

रियो दि जेनेरियो – ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक सोमबारबाट सकिएको छ । ब्राजिलको ऐतिहासिक रंगशाला माराकाना स्टेडियममा आज बिहान एक समारोह बीच रियो ओलम्पिक सकिएको हो ।

1

रियो ओलम्पिक सकिएसंँगै अब अर्को समर ओलम्पिक सन् २०२० मा जापानको टोकियोमा आयोजना हुनेछ । रियो दि जेनेरियोमा भएको रियो ओलम्पिक समापनमा ओलम्पिक झन्डा जापानलाई हस्तान्तरण गरिएको थियो ।

2

ओलम्पिक झन्डा ग्रहण गर्नका लागि जापानी प्रधानमन्त्री सिन्जो आबे स्वयं ब्राजिलमा उपस्थित भएका थिए । उनी सुपर मारियोको रुपमा उपस्थित भए । उनले रातो टोपी लगाएका थिए । उनले हात हल्लाएर अन्य मानिसलाई स्वागत गरेका थिए ।

3

रियो ओलम्पिक समापनको अवसरमा विभिन्न देशका बिशिष्ट अतिथीहरुको उपस्थिति थियो भने ब्राजिलको सस्कृति झल्काउने विभिन्न झाकी प्रदर्शन गरिएको थियो । त्यस्तै कार्यक्रममा सैयौ कलाकारले आफ्नो देशको संस्कृती, सभ्यता लगायतका प्रस्तुती गरे ।

OLYMPICS-RIO/CLOSING

विश्वभरका मानिसले आ–आफ्नै अलग अगल प्रस्तुती गरे ।रियो ओलम्पिकमा यसपटक विभिन्न २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। रियोमा २८ खेलको ३ सय ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

5

रियोमा ५८ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जित्न सफल भए । स्वर्णवाहेक ८७ देशले ओलम्पिकमा पदक जितेका छन् ।

13 12 11 10 9 8 7 6

तपाईको प्रतिक्रिया