मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

पटना – भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको हो ।

1-2

मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विषाक्त मदिरा सेवन गर्नेहरुमा स्वासप्रश्वासमा समस्या हुने, पेट देख्ने, वान्ता हुने समस्या देखिएको थियो । त्यसको एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच विशाक्त मदिरा सेवनबाट १८ जनाको मृत्यु भएपछि जिल्ला प्रशासनले २५ जना सुरक्षाकर्मीलाई निलम्बन गरेको छ । विषाक्त मदिरा उत्पादन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो । जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा मुद्दासमेत दायर गरेको छ ।

तपाईको प्रतिक्रिया