शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – सुनको भाउ यो हप्ता समग्रमा तोलामा ४ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार ५९ हजार ३ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहेको सुन मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ५९ हजार ३ सय रुपैयाँ पुगेको हो । त्यसपछि शुक्रबारसम्म सुनको भाउ स्थिर नै छ । चाँदीको भाउ भने यो हप्ता ५ रुपैयाँले घटेर तोलाको ८ सय ९० रुपैयाँमा किनबेच भैरहेको छ । सुनको भाउ बढेपनि तीज नजिकिएकाले सुन कारोबार बढेको व्यवसायीले बताएका छन् ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार एक हप्ताअघिसम्म दैनिक १० किलोभन्दा थोरै मात्र व्यापार हुने गरेकोमा अहिले बढेर दैनिक १४÷१५ किलो कारोबार हुन थालेको छ ।

तपाईको प्रतिक्रिया