बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले झण्डै साढे दुई लाख एकाउन्ट बन्द गरेको छ । विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ ।

social-media

गएको फेब्रुअरीमा ट्वीटरले एक लाख २५ हजार एकाउन्ट बन्द गरेको जनाएको थियो । ट्वीटरले यसरी एकाउन्ट बन्द गरेको यो दोस्रो पटक हो । यसअघि पनि विद्रोही समूह आइएससँग सम्बन्धित रहेका एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ ।

इन्टरनेटमा आतंकवादसँग जोडिएका सामाग्री पहिचान गर्न कुनै आश्चार्यजनक प्रक्रिया नभएको र यस्ता समस्या समाधान गर्न कम्पनी लागिपरेको ट्वीटरले जनाएको छ ।

तपाईको प्रतिक्रिया