शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सिरिया – सिरियाको अलेप्पोमा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई अक्रमणपछि ध्वस्त भएको भवनबाट उद्दार गरेर एम्बुलेन्स बसिरहेका एक बालकको तस्बिर अधिकारवादीहरुले जारी गरेपछि त्यसले सामाजिक सञ्जालमा पुन: तरंग ल्याएको छ ।
ss

उक्त बालकको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिकित्सकका अनुसार तस्बिरमा देखिएका बालक ५ वर्षका छन् र उनको नाम ओमरान दाक्निस हो । ओमरानको परिवारको स्थिती भने हालसम्म पनि अज्ञात नै रहेको छ ।

सिरियन सुरक्षाकर्मीलाई अलेप्पोमा शहरमा पूर्ण नियन्त्रण गर्न सहयोग गर्नका लागि रसियन सेनाले हवाई आत्रमण गरेर सहयोग गरिरहेको छ । जसका कारण केही साता यता उक्त क्षेत्रमा सयौं सर्वसाधारण मारिएका छन् ।

विद्रोहीको कब्जमा रहेको कतेर्जी क्षेत्रमा भएको हवाई आक्रमणमा परी घाइते भएका उक्त बालकलाई प्यारामेडिकहरुले उद्दार गरी अस्पताल पुर्‍याएका थिए । बालकको उपचार गरेका अलेप्पो क्षेत्रमा कार्यरत डा. अबु अल–इजका अनुसार बालकको टाउकोमा चोट लागे पनि मतिष्कमा भने कुनै समस्या देखिएको थिएन । तसर्थ उनलाई उपचारपछि डिस्चार्ज गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया