बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१२ अङ्कले घटेर एक हजार ६९४.८१ अङ्कमा कायम भएको छ ।

यस्तै ठुला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ८.३८ बिन्दुले कमी आएको छ । स्टकका अनुसार बैङ्किङ २.५, होटल ३.७, विकास बैंक २.११, जलविद्युत् १.९८, फाइनान्स ०.३३, बिमा २.८ र अन्य समूहको सेयर १.२ प्रतिशतले कमी आएको छ । कुल १४१ कम्पनीको २४ लाख १७ हजार २०५ कित्ता सेयर रु एक अर्ब १९ करोड २९ लाख ४९ हजार ७६९ मा कारोबार भएको स्टकले जनाएको छ ।

स्टकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंकको कारोबार भने बढी भएको छ । करिब एक हजार ९०० बिन्दुमा पुगेको नेप्से परिसूचक करिब ३०० बिन्दुले कम भई एक हजार ६९४ बिन्दुमा पुगेको हो ।

तपाईको प्रतिक्रिया