शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ –गत सालको शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो । dharahara

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्‍यो । आजको नागरिक दैनिकमा खबर छ । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले । अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसकेको छ । विडम्बना त्यतिबेलै मन्त्रीपरिषद्ले गरेको धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरू आफैँले धोती लगाइदिए ।

स्वयम् ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।फागुन ४ गते धरहराको फेदमा आयोजित ‘ऐतिहासिक धरोहरा पुनर्निर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए ।

तपाईको प्रतिक्रिया