शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ ।

आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । यो रकम एउटा कार्यक्रमको मात्रै हो। एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष ०७३/७४ का लागि एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीपीएच, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फाराम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको छ ।

फाराम भर्ने म्याद भदौ १८ सम्म छ। शिक्षा मन्त्रालयले एक वर्ष अघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो ।

तपाईको प्रतिक्रिया