बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – अधिकांश राजनीतिक दलले स्थानीय तह पुनःसंरचनाका काममा चित्त नबुझाइरहेका बेला जिल्ला प्राविधिक समितिलाई कुनै पनि काम नरोक्न सीमा निर्धारण आयोगले निर्देशन दिएको छ ।

वडा, गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गरी साउन मसान्तभित्रै नामांकन र सीमांकनका काम सक्ने जिम्मेवारी पाएको आयोगले यतिबेला उठिरहेको गुनासालाई बेवास्ता गर्दै काम अघि बढाउन भनेको आजको नागरिक दैनिकमा खबर छ । शुक्रवार आयोगले देशभरका स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई पत्र पठाउँदै कुनै द्विविधामा नपरी काम गर्न निर्देशन दिएको छ ।

आयोगको पत्रमा भनिएको छ,‘कार्यसर्त र कार्यविधि अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको पुनःसंरचनासम्बन्धी कार्य भइरहँदा केही सञ्चारमाध्यममा स्थानीय तहको संख्याका सम्बन्धमा फरक धारणा आएकोमा आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा स्थानीय पुनःसंरचना प्राविधिक सहयोग समिति कुनै द्विविधामा नपरी, पुनःसंरचनाका कार्य अघि बढाउनु ।’

आयोगको उक्त भनाइप्रति विभिन्न राजनीतिक दलका नेताले भने आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया