बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको हो । sharukhkhan_0

उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ हिरासतमा रहेको बेला पोकेमोन गेम खेलेर समय बताएको पनि बताएका छन् ।

केही घण्टाको अनुसन्धानपछि आफू प्रहरी नियन्त्रणबाट मुक्त भएको शाहरुखले जानकारी दिएका छन् । अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो ।

त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया