शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – आजबाट नेपाली चलचित्र ‘जय परशुराम’ मात्र प्रदर्शनमा आएको छ । नायक विराज भट्टको ‘कमब्याक’ रहेको फिल्म ‘जय परशुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो । Untitled-1-8

केही समययता भोजपुरी चलचित्रमा व्यस्त विराजले करिब छ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका हुन् । सामाजिक ‘द्धन्द्ध’सँगै सामाजिक कथावस्तु समेटिएको चलचित्रमा विराजले एक कर्मठ प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नुभएको छ । रोज राणाले निर्माण तथा निर्देशन फिल्ममा निशा अधिकारी नायिका तथा गायक समेत रहेकी छिन् । फिल्ममा रवीन तामाङ खलनायकको भूमिकामा देखिएका छन् ।

यसअघि ब्ल्याक चिल्ली इन्टरटेनमेन्ट प्रालिका निर्देशक नवराज घिमिरेले पुनरावेदन अदालत, ललितपुरमा चलचित्र ‘जय परशुराम’ विरुद्ध मुद्दा दर्ता गराएका थिए । उनले आफूले बनाएको चलचित्रसँग नाम मिलेको आरोप लगाएका थिए । सोहीअनुरुप मङ्गलबार अदालतले जय परशुराम को प्रदर्शन रोक्ने आदेश जारी गरेको थियो ।

यद्यपि निर्देशक घिमिरेले बनाएको चलचित्र ‘पर्शुराम’ र राणाको चलचित्र ‘जय परशुराम’ भएको पुष्टि भएपछि पुनः प्रदर्शन गर्न अदालतले दिएको हो । फिल्ममा एनबी महर्जनको द्वन्द्व तथा महेश खड्काको सङ्गीत रहेको छ ।

तपाईको प्रतिक्रिया