शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ । gathe-700x510

इटहरी मलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार गर्ने तथा पुराना पुस्तालाई पनि राम्रो सन्देश दिने उद्देश्यले चलचित्र निर्माण भएको जानकारी दिईयो । विशेषगरी कास्कीको पोखरा र गुल्मी तथा आसपासका मनोरम दृश्यसँग रमाउँदै कलाकारले तयार पारेको चलचित्र गाँठो मानिसबीचको अन्तरसम्बन्ध कस्तो हुनु पर्दछ भन्ने कथावस्तुलाई समेटेर तयार पारिएको चलचित्रका मुख्य नायक रहेका अभय बरालले बताउनुभयो ।

चलचित्र प्रदर्शनीमा आउनुअघि विद्यालय कलेज र खुल्ला तर्फबाट चित्रकार एवम् कलाकारलाई कसरी मानवीय सम्बन्धका गाँठो कसिलो वा बलियो बन्न सक्छ भन्ने विषय चित्रमार्फत अभिव्यक्त गर्ने चित्रकला प्रतिस्पर्धा गराउने कार्य पनि अघि बढाइएको पत्रकार सम्मेलनमा बताईयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयतर्फका प्रतिस्पर्धीले २५ हजार, कलेज तर्फकाले रु ३६ हजार र खुलातर्फका प्रतिस्पर्धीले रु ५० हजार पुरस्कारसमेत प्राप्त गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया