शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

राजविराज – डा गोविन्द केसीले सप्तरीका बाढीपीडितलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा शनिबार उहाँले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । 1470500553664_AY_rajbiraj_160806_dr. kc 3

सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गर्नुभएको बताइएको छ । डा केसी आफैँ विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा जानुभएको थियो । सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पटकपटक सत्याग्रह गर्नुभएका प्रा डा केसी बाढीपीडितको उपचारका लागि सप्तरी आइपुग्नुभएको हो । यसैबीच डा केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग गर्दै गरिराख्नुभएको सङ्घर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका युवाले उहाँलाई सम्मान समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया