शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – युवा कवि भूपिन त्रिभूपन विश्वविद्यालय कीर्तिपुरका शिक्षक, विद्यार्थी र अन्य कविताप्रेमीबीच प्रस्तुत हुनुभएको छ ।

विमर्श युवा प्रतिष्ठानको निम्तोमा आयोजित कार्यक्रमम भूपिनले आफ्ना पुराना, नयाँ र अप्रकाशित गरी करिब डेढ दर्जन कविता सुनाउनुभयो । विमर्शका महासचिव कमल चौँलागाईंसँगको बिहीबारको संवादमा उहाँले आफ्नो काव्यिक जीवनका विभिन्न घुम्ती र मोडहरूलाई स्मरण गर्दै आफूले अबका दिनमा अन्य विधामा कलम चलाए पनि कवितालाई कहिल्यै छाड्न नसक्ने बताउनुभयो । उहाँले अबको कविताको जिम्मेवारी नयाँ छिमलका कविका हातमा रहेको तर्क दिनुभयो ।

कार्यक्रममा भूपिनका कवितामाथि टिप्पणी गर्दै युवा समालोचक महेश पौड्यालले भूपिनको कविता संरक्षण कविता आन्दोलनसँग जोडिएर वातावराणीय चेतलाई सँगाल्दै आजसम्म आइपुग्दा देश र अफूले बाँचेको समयलाई समाएर अगाडि बढिरहेको बताउनुभयो । पहाड र तराईलाई जोड्ने नारायणगढको मिश्रित संस्कृतिमा हुर्कनुभएका भूपिनको कविता चिन्तन, कथ्य र भाषाका दृष्टिले बहुसांस्कृतिक शैलीको भएको उहाँले तर्क दिनुभयो ।

कवि केशव सिग्देलले भूपिनको कवितामा स्थानीय संस्कृतिको प्रभाव बलियो देखिने गरेको बताउनुभयोे । सञ्चारकर्मी भूपेन्द्र खडकाले आफूले भूपिनको कवितामा असामान्य शक्ति देखेकै कारण उनको कृति प्रकाशन गरेको जानकारी दिनुभयो । प्रतिष्ठानका सभापति किरण भट्टले भूपिनजस्तै अन्य अब्बल प्रतिभासँग विमर्श जारी राख्ने बताउँदै आगामी भदौ ३ गते झापाको दमकमा काव्योत्सवको तयारी भइरहेको जानकारी दिनुभयो । प्रतिष्ठानका कोषाध्यक्ष प्रेमबहादुर लामाले भूपिनलाई पाएर आफूहरू पुलकित भएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया