शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौ – आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदैँ छ । स्तनपान दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।

breastfeeding-recipe-main

दिवसका अवसरमा विश्वभर नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएका छन् ।विश्व स्वास्थ्य संगठन , युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ ।

सन् १९९२ बाट स्तनसम्बन्धी यो सप्ताह मनाउन थालिएको हो । सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका फाइदा बारे चेतना जगाउन विविध कार्यक्रम गरीन्छ ।

तपाईको प्रतिक्रिया