बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

दैलेख – दैलेखको नौमूले इलाका प्रहरी कार्यालयले नौमूले बजारमा जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालुवाटार –४ का कर्णबहादुर खत्री र रत्नबहादुर खत्री, द्वारी – ८ का शशिलाल पुरी, तोली –५ का भविराम बुढामगर र लक्ष्मीराम सिंजाली रहेको प्रहरीले जनाएको छ ।

जुवा खालबाट प्रहरीले एक लाख एक हजार एक सय ५० रुपैंयाँ नगद र एक गड्डी तास समेत बरामद गरेको छ । उनीहरु माथि जुवा ऐन २०२० अनुसार मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया