शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

Darshan logoटोकियो – जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको भोलि अगस्त १ तारिख सोमबारका दिन टोकियोमा प्रथम अधिवेशन हुने भएको छ ।  अधिवेशनको सबै तयारी पुरा भईसकेको अधिवेशन समारोह मुल आयोजक समितिका संयोजक भरत मल्लले समुद्रपारिलाई बताउनुभयो ।

’हाम्रो भाषा, हाम्रो सँस्कृति, हाम्रो पहिचान र हाम्रै सभ्यता, ठकुरी एकता, हाम्रो प्रतिबध्दता’ भन्ने मुल नाराका साथ हुन गईरहेको अधिवेशनमा हालसम्मको कार्यप्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै बिधानमा आवश्यक संशोधन लगायतका बिषयमा छलफल गरिने र आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गरिने भएको छ । अधिवेशनले भावी नीति तथा कार्यक्रमको पनि तय गर्दै नयाँ ढंगले अगाडि बढ्ने कार्ययोजना पारित गर्ने तैयारी भईरहेको बुझिएको छ ।

अधिवेशनमा भाग लिनका लागि राजधानी टोकियो बाहिरका ओसाका, नागोया, गिफु, क्योटो, गुन्माकेन, इवाराकी, साइतामा, चिवा, योकोहामा लगायतका सहरबाट पनि सहभागिहरु आउने भएका छन् । आन्तरिक छलफलका लागि पहिले बन्दसत्र र त्यसपछि खुल्ला सत्र गरी दुई चरणमा कार्यक्रम हुने बताईएको छ । दर्शन समाज जापानको अधिवेशन शिनओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा हुने भएको छ । ***

तपाईको प्रतिक्रिया