शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । ambulance

मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको खबर आजको अन्नपूर्णमा खबर छ । मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यका बहिरका हुन् ।

उनीहरूले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रूपमा परिभाषित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ ।

बिरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया