शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – मकवानपुरको मनहरी–३ स्थित रमनटारमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् ।

दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया