शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ । 11

स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टेक्ससको राजधानीभन्दा झन्डै ५० किलोमिटरको दुरीमा एयर बेलुन खेतमा झरेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमले बिजुलीको तारमा ठोक्किएर बेलुनमा आगो लागेको हुनसक्ने आशंका गरेका छन् । तर त्यसको पुष्टि भने अधिकारीहरुले गरेका छैनन् । एक घण्टाका लागि उडेको बेलुन आधा घण्टामा नै खसेको थियो ।

घटनाबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया