मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

इटहरी – सूचना तथा सञ्चारमन्त्री एवम् वर्तमान सरकारका प्रवक्ता शेरधन राईले विभिन्नथरिका जस्केलाबाट भित्र पसेर नेपालको राजनीतिमा चलखेल गर्ने पात्रहरुका कारण वर्तमान सरकारले बहिर्गमनमा जानुपरेको खुलासा गर्नुभएको छ ।

नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले त्यस्तो अभिव्यक्ति दिँदै अब बन्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार पनि तीनै खेलाडीको भूमरीको चक्रब्यूहमा पर्ने दाबीसमेत गर्नुभयो ।

Sherdhan-Rai-e1451045491715

जनताको विश्वास र भरोसा प्राप्त गरेको नेकपा (एमाले)का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको लोकप्रिय सरकार र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको लोकप्रिय सरकारले प्राप्त गरेको उचाइबाट तिलमिलाएकाहरुको चक्रब्यूहमा वर्तमान सरकारलाई पारिएको पनि उहाँले बताउनुभयोे ।

नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानमा चोट पुरयाई, आमनेपाली जनतालाई समृद्ध बनाउने अभियानमा जुटेको वर्तमान सरकारको वाहवाही गर्ने (माओवादी केन्द्र)ले नै सरकार गिराउने खेल खेल्नु कुनै आश्चर्यको विषय नभएको पनि मन्त्री राईले उल्लेख गनुभयो ।

मन्त्री राईले जुन धरातलमा उभिएर वर्तमान सरकार बन्दैछ त्यसको धरातल र बाटो कस्तो छ त्यो हेर्न भने केही समय कुर्नुपर्छ भन्दै मन्त्री राईले जसरी नेकपा (एमाले)को लोकप्रिय सरकारलाई अघि बढ्न दिइएन अब बन्ने सरकारको नियति पनि त्यही हुने कुरामा आफूहरु विश्वस्त रहेको दाबीसमेत गर्नुभयो । नेकपा (एमाले) अध्यक्ष ओली नेतृत्वको सरकारले घटनाक्रमहरुलाई गम्भीररुपले विश्लेषण गरेर सहजरुपमा सरकारबाट बाहिरिने निधो लिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सरकार नबन्दै वर्तमान सरकार आफैँले बनाउने भनेर निधो भएको काठमाडौँ–निजगढ फास्टट्र्याक बाटो भारतलाई बनाउन दिने अनि चीनसँग भएका सबैखाले सम्झौता कार्यान्वयन नहुने भन्ने हल्ला फिजाउन थालेकाले वर्तमान सरकारको आयु पनि नबन्दै दिनगन्ती सुरु भइसकेको मन्त्री राईले दाबीसमेत गर्नुभयो । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीका अध्यक्ष रेवतीप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शिवनारायण चौधरीले पनि बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया