शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

म्याग्दी – म्याग्दीको शिख गाविसमा घर भत्किँदा ८६ वर्षका आइतसिंह दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।घरले पुरिएर उहाँकी श्रीमती ८३ वर्षकी रुपा घाइते हुनुभएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उहाँको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढुंगा र माटोले बनेको दुई तले घर शनिबार बिहान भत्केको हो । घर भत्केर सातलाख रुपैयाँकोे क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया