बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

रुस – रुसको भारोत्तलन टोलीले रिओ ओलम्पिकमा खेल्न नपाउने भएको छ । डोपिङका कारण रुसको भारोत्तलन टोलीमाथि ब्राजिलमा हुने रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको हो ।

विश्व एन्टी डोपिङ एजेन्सी वाडाको जाँचमा रुसका १० भारोत्तलन खेलाडीको नाम समावेश भएकाले प्रतिबन्ध लगाइएको भारोत्तलन संघले जनाएको छ । प्रतियोगितालाई स्वच्छ र निश्पक्ष बनाउनका लागि रुसी खेलाडीलाई प्रतिबन्ध लगाइएको संघले उल्लेख गरेको छ ।

varat

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलका विश्व प्रशासकीय निकायलाई खेलाडीका विषयमा निर्णय गर्ने अधिकार दिएको छ । रुसका खेल मन्त्रीले रियो ओलम्पिकका लागि छनौट भएका तीन सय ८७ मध्ये अहिलेसम्म दुई ७२ खेलाडीले सहभागिताका लागि स्वीकृति पाएको बताउनुभएको छ ।

रुसका कति खेलाडी रियो ओलम्पिकमा भाग लिने छन् भन्ने जानकारी शनिबार आउने जनाइएको छ । रुसमाथि सरकारकै संलग्नतामा खेलाडीलाई प्रतिबन्धित शक्तिवर्धक औषधि दिने गरेको आरोप लागेको छ । रुसले भने सबै आरोप अस्वीकार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया