शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – महिलाको भूमिकामा प्रस्तुत भएका महानायक राजेश हमाल अभिनित फिल्म ‘शकुन्तला’ को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा एक्शनका दुश्यलाई प्राथमिकता दिइएको छ । hamal

फिल्ममा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् । करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको र नारी अवतारमा देखिएका तस्बिरसहित बाहिरिएपछि फिल्मले निर्माण चरणदेखि निकै चर्चा बटुलिरहेको छ । दिनेश श्रेष्ठले निर्देशन गरेको यस फिल्ममा हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, शिभम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

‘युगदेखी युगसम्म’ डेब्यू गरेर सयौँ फिल्ममा अभिनय गरिसकेका हमालको यो फिल्मले उनको यात्रालाई अझ सशक्त बनाउने विश्वास लिइएको छ । फिल्ममा फिल्म भने भदौ १० मा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् : 

तपाईको प्रतिक्रिया