बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर काँग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ ।

ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको आजको राजधानी दैनिकमा खबर छ । प्रचण्डले बिहीबारको बैठकमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि काँग्रेस नेताहरूले आपत्ति जनाएका छन् ।

काँग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउन नहुने बताएको छ । प्रचण्ड जसरी पनि सहभागी गराउने र काँग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए । गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन् ।

देउवाले आफ्नो सहमतिविना जथाभावी आश्वासन नदिन प्रचण्डलाई चैतावनी नै दिनुपरेको काँग्रेसका एक नेता बताउँछन् । गच्छादारको सट्टा मधेसी मोर्चालाई सरकारमा ल्याउन काँग्रेसले गृहकार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया