शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । 1302442124

एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् । सात सयको दरले आठ करोड १४ लाख हुन्छ । यसमा समावेशीतर्फ फारम भर्नेहरुले तिरेको थप ५/५ सय रुपैयाँ जोडिएको छैन । परीक्षा शुल्क तिर्ने बेरोजगार युवा छन् । निमावि तृतिय तहका एक शिक्षकले २३ हजार एक सय तलब पाउँछन् । बेरोजगारले परीक्षा शुल्कबापत तिरेको रकमले एक हजार १ सय ७ निमाविका लागि शिक्षकलाई तीन महिनाको तलब खुवाउन पुग्छ ।

आयोगले यसअघि मावि तहको ६ सय ११ शिक्षक पदका लागि विज्ञापन हुँदा ४० हजारले आवेदन दिएका थिए । उनीहरूबाट पनि झन्डै तीन करोड रुपैयाँ परीक्षा शुल्क उठेको आजको कान्तिपुर दैनिकमा खबर छ । ०६९ मा १३ हजार शिक्षककको विज्ञापन हुँदा परीक्षा शुल्कमात्रै झन्डै ३० करोड उठेको थियो ।

यसरी सरकारले बेरोजगारसँग चर्को आवेदन शुल्क लिएर बर्से्नि करोडौं रुपैयाँ राजस्व उठाउने गरेको छ ।

तपाईको प्रतिक्रिया