बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

Hundiटोकियो – जापानको साप्पोरो प्रहरीले हुण्डी मार्फत अबैधानिक रुपमा बिदेशमा पैसा पठाउने कारोबार गरेको अभियोगमा एक बिद्यार्थीलाई पक्राउ गएको छ । स्थानिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पक्राउ पर्नेमा २८ बर्षिय भियतनामी बिद्यार्थी हुन् ।

उनले गत बर्षको अगस्त-सेप्टेम्बर महिनामा भियतनामी नागरिकहरुबाट करिब १ लाख ६० हजार येन जम्मा गरी भियतनाम पठाएको भन्दै बिना अनुमति बैंकिङ कारोबार गरेको प्रहरीको आरोप छ । उक्त बिद्यार्थीले आफुमाथि लागेको आरोप स्विकार गरेको पनि समाचारमा उल्लेख छ । प्रहरीका अनुसार उक्त बिद्यार्थी हुण्डी समुहको एक सदस्यको रुपमा रहेको अनुमान गर्दै उनीहरुले ठूलै कारोबार गर्ने गरेको आशंका गरेको छ ।

उनीहरुले भियतनामी नागरिकहरुलाई सदस्य बनाई सोसियल नेटवर्क मार्फत पैसा पठाउन चाहने ब्यक्तिहरु जम्मा गर्ने गरेको बताईएको छ । पैसा पठाउन चाहने ब्यक्तिहरुलाई आफ्नो जापानको बैंक खातामा पैसा जम्मा गर्न लगाई सो पैसाबाट मेशिनहरु खरिद गर्ने र भियतनाममा लगी बिक्री गरे पश्चात सो रकम उताकै खातामा जम्मा गर्ने गरेको पाईएको समाचारमा उल्लेख छ ।

प्रहरीले सार्बजनिक गरेको तथ्याङ्क अनुसार जापानका बिभिन्न बैंक खाताहरु मार्फत गत २ बर्ष भित्रमा करिब ४ सय जनाबाट १५ करोड भन्दा बढि अबैध रुपमा हुण्डि मार्फत कारोबार गरेको छ । ***

तपाईको प्रतिक्रिया