बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – प्रेम र बिहे गर्नका लागी उत्तम उमेर कति हो ? भनेर कसैलाई सोध्यो भने पक्कै पनि सबैबाट उत्तर आउँछ जवान तथा तन्नेरी रहेको बेला । तर हामी यँहा बिकुलै फरक उमेर समूह बिचको प्रेम बारे चर्चा गर्न खोजिरहेका छौ । 11

विश्वभर आ–आफ्नै तर्क र प्रयोगहरु चलीरहेका बेला टेनिसीकी एक ७१ वर्षीय वृद्ध महिलाको १७ वर्षे एक जवान युवकसँग बिहे गरेको यो खबरले सामाजिक सञ्जालहरुमा खुब स्थान पाएको छ । टेनिसीकी ७१ ती वर्षीया वृद्ध महिला अल्मेडा इरेलले एक १७ वर्षीय युवक गेरी हार्डविचको ३ हप्तासम्म चलेको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

अल्मेडा र हार्डबिच एक अन्त्यष्टि समारोहमा भेट भएको थियो । त्यसपछि उनीहरूले रोमान्स गर्दै चुम्बन गरेका दृश्यहरू पनि सार्वजनिक भएका थिए । ती वृद्ध महिलाका श्रीमानको उनी ४३ वर्षको उमेर हुँदा मृत्यु भएको थियो ।

यो प्रसंगमा अनौठो कुरो त के छ भने, ती वृद्ध महिलाका कान्छा छोरा समेत २१ वर्षका छन् । जब की उनका पति हार्ड १७ वर्षीय गेरी छोरा भन्दा ४ वर्षले कान्छा छन् ।

तपाईको प्रतिक्रिया