शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ । पुनको बिहीबार राति ललितपुरको हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । 13620913_1114305151940146_8752310293067228365_n

पुनले आठौ दक्षिण एसियाली खेलकुद साफका काँस्य पदक जित्नुभएको थियो । ४७ वर्षीय पुन विगत दुई वर्षदेखि क्यान्सर रोगले ग्रसित थिए । बिहीबार राति निधन भएका उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रवार बिहान ९ बजे देखि दशरथ रंगशालामा राखिएको छ ।

उहाँको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बहादुर विष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, खेलाडी, शुभचिन्तकहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगेका छन् । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका उनी १० वर्षपछि सेवाबाट अवकास लिएका थिए ।

पुनले २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई गृह जिल्ला तनहुँ लगेर आजै अन्त्येष्टी गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया