शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

Nikkoटोकियो – जापानको बातावरण मन्त्रालयले देशभरका ३२ वटा पार्क मध्येबाट ८ वटा पार्कहरुलाई मोडेल पार्कको रुपमा छनौट गरी थप पर्यटक भित्र्याउने योजना सार्बजनिक गरेको छ । जापान टुडेका अनुसार ति पार्कहरुका लागि बिशेष तालिम सहितका टुर गाइडहरुको ब्यवस्था गर्ने र वरपरका होटेलको गुणस्तरमा पनि बृद्धि गर्ने योजना रहेको बुझिएको छ । नयाँ टुर रुटको निर्माण गर्ने र परम्परागत सँस्कृतिको जगेर्ना गर्नका लागि पनि यस योजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले ठूला ठूला ब्यवसायिक भवनको सट्टामा प्राकृतिक सम्पदाको संरक्षणका लागि पनि यस्तो गरेको जनाईएको छ ।

ति ८ पार्क मध्येमा यस अघिमात्र जी-७ को बैठक सम्पन्न भएको इसेसिमामा अवस्थित इसेसिमा नेशनल पार्क पनि एक रहेको छ । त्यसैगरी अन्य पार्कहरुमा निक्को नेशनल पार्क, आकान नेशनल पार्क-होक्काइडो, किरिसिमा किन्कोवान र आसो कुजु नेशनल पार्क-क्युस्यु, तोवादा हाचिमाताइ नेशनल पार्क-तोहोकु, केरेमास्योतो नेशनल पार्क ओकिनावा आदि छन् । पार्कमा भएको प्राकृतिक सौर्न्दर्य, भौगोलिक अवस्था लगायतको आधारमा यो छनौट गरिएको बताईएको छ ।

ति पार्कहरुको थप बिकासका लागि यसै बर्षथप बजेटको माग गरिने पनि सम्बन्धित मन्त्रालयले जनाएको छ । सन् २०१५ मा जापानका नेशनल पार्कहरु घुम्न जाने पर्यटकको संख्या करिब ४३ लाख रहेको तथ्याङ्कमा उल्लेख छ । सो संख्या १ करोड पुर्‍याउने सरकारको लक्ष्य रहेको बताईएको छ । जापान सरकारले सन् २०२० को ओलम्पिक सम्ममा बाषिर्क ४ करोड पर्यटक भित्र्याउने लक्ष्य राखे बमोजिम यो योजना पनि त्यसको एक हिस्साको रुपमा लिईएको छ । पछिल्लो समयमा चीन लगायत बिभिन्न एशियाली मुलुकका पर्यटकहरुको संख्या जापानमा उल्लेख्य रुपमा बृद्धि भएको छ । ***

तपाईको प्रतिक्रिया