शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – २ हप्ते अध्ययन भ्रमणको सिलसिलमा जापान आएको नेपालका न्यायधिशहरुको टोलीसंग आज टोकियोमा अन्तर्क्रिया हुने भएको छ ।

सर्बोच्च अदालतका वरिष्ठ न्यायधिश गोपाल पराजुलीको नेतृत्वमा जापान आएको १६ जना न्यायधिशहरुको टोलीसंग टोकियोका नेपालीहरुले अन्तर्क्रिया गर्ने भएका हुन् ।

’मुलुकको बिकासमा न्यायपालिकाको भूमिका’ बिषयक अन्तर्क्रिया कार्यक्रममा ईच्छुकहरु सबैका लागि सहभागिता खुल्ला रहेको बताईएको छ । टोकियोमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी तथा मिडियाकर्मीहरुले नेपालका वरिष्ठ न्यायधिशहरुसंग मुलुकको बिकास अभियानमा न्यायपालिकाले कसरी सहयोगी भूमिका निर्बाह गर्न सक्छ भन्ने बिषयमा गहन छलफल गरिने भएको छ ।

न्यायधिशहरुको स्वागतमा रात्रीभोज सहितको बिशेष अन्तर्क्रिया कार्यक्रम आज शुक्रवार साँझ ६ बजे देखि टोकियो आकासाकास्थित मण्डला रेष्टुरेन्टमा हुने बताईएको छ । न्यायधिशहरुको टोली भोलि नै स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।***

कार्यक्रम हुने स्थानको जानकारी :
Akasaka Dining ‘MANDALA’
Minato-Ku, Akasaka 6-2-14 (B1F)
Tel: 03-5549-4344
Train Access: Chiyoda Line, Akasaka Station, Exit B5 Walk 1Min Only.

तपाईको प्रतिक्रिया