बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामाको बाङ्गो ढाडको सफल उपचार गरिएको हो ।

यस्तो उपचार नेपालमै पहिलो भएको अस्पतालले दाबी गरेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा विनोद बिजुक्छेको टोलीले निमाको ढाडको बाङ्गोपना जन्मसँगै सुरु भएको बताउनुभयो । यसलाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने उहाँले बताउनुभयो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ । grandie-hospital

निमामा यो समस्याले उनको फोक्सोको विकासमा असर पुर्‍याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाइ छ । उहाँले भन्नुभयो, ‘यस समस्याको उपचारमा विशेषगरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो । बच्चाको उचाइ बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ ।

यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाउँ पाउँछ, सबैभन्दा प्रमुख कुरा उनको जीवन सहज बनाउनु हो । ’ निमाको उपचारमा डा विनोद बिजुक्छेसँगै डा.जावेद अहमद खान र डा.प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा.मुरारीराज उप्रेती र डा अर्चन अधिकारी संलग्न हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया