शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – थकाली सेवा समिति (थसेस) जापानले प्रत्येक वर्ष आयोजना गर्ने समर वार्वेक्यु (बनभोज) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकको तर्फबाट कार्यक्रमका संयोजक अनिल भट्टचनले एक विज्ञप्ति मार्फत आउदो आइतबार जुलाई ३१ मा हुन गइरहेको बनभोज कार्यक्रमको तयारी पुरा भएको जनाउनुभएको हो । Thasesa_logo

उक्त बनभोज कार्यक्रम, टोक्योको सिन्किबा स्टेसनको तोरिचु युमेनोसिमा कोएन नामक वार्वेक्यु स्थलमा बिहानको १०ः३० बजे देखी दिउसोको ३ः३० बजे सम्म आयोजना हुनेछ । कार्यक्रममा प्रवेश ३,५०० यन सहयोग स्वरूप शुल्क तोकिएको र प्राथमिक तह भन्दा तलका बालबालिकालाई भने निःशुल्क रहेको आयोजकले जनाएको छ । विज्ञप्तिमा भनिउको छ,‘अति नै गुणस्तरिय र उत्कृष्ठ मासुको परिकार तथा भरपुर पेय पदार्थका साथ आम जापानबासी सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गरिन्छ ।’

संस्थाका अध्यक्ष बुद्धि गौचनका अनुसार, विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सिन्किबास्थित समुन्द्रको नजिकै मनोरम दृष्यालोवकन सँगै हरियाली वार्वेक्यु स्पटमा विविध मनोरञ्जानात्मक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।

जापानका क्रियाशील संघ–संस्थाहरुलाई निमन्त्रणापत्र पठाईसकिएको र विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरिएकाले पुनःयसै सूचना मार्फत जापानबासी सम्पूर्ण नेपालीहरूलाई हार्दिक निमन्त्रणा गरिएको पनि गौचनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया