शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । 1425803371_Pashupati-and-Kamal1

साथै उक्त पार्टीको राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अघि सारिएको आजको गोरखापत्र दैनिकमा खबर छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरणका लागि सैद्धान्तिक सहमति भइसकेको छ भने संयुक्त महाधिवेशन आगामी चैत मसान्तसम्म गर्ने प्रस्ताव गरिएको छ ।

एकीकरण प्रक्रिया अघि बढाउने उद्देश्यले मंगलबार दुवै पार्टीको अलग–अलग बैठक बस्ने र एकीकरणका लागि गठित संयुक्त कार्यदलको एकीकरणसम्बन्धी प्रतिवेदनमा छलफल गरिने नेताहरूले जानकारी दिएका छन् । राप्रपाका वरिष्ठ नेता राणाले मङ्गलवार बस्ने केन्द्रीय समितिको बैठकमा एकताका लागि तयार गरिएको अवधारणापत्र प्रस्तुत भई छलफलपछि पारित हुने र औपचारिक एकताका लागि अघि बढ्ने बताउनुभयो ।

उहाँले पार्टी एकता निश्चित भएको र पार्टीको अन्तरिम विधान बन्दै गरेकाले औपचारिक एकता हुन केही दिन लाग्ने जनाउनुभयो । राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मङ्गलवार नै पार्टीको अध्यक्षता अब पार्टीका वरिष्ठ नेता राणालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेता ठाकुरप्रसाद शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया