शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि आह्वान गरेसँगै नेपाली काँग्रेसभित्र मन्त्री बन्नका लागि दौडधुप सुरु भएको छ ।

पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरूले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् । सरकार परिवर्तनको खेलसँगै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व नेताहरू कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको आजको राजधानी दैनिकमा खबर छ ।

काँग्रेस शीर्ष नेताहरूले पनि सरकारमा पठाउने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् । सो छलफल सुरु भएलगत्तै नेताहरूको दौडधुप सुरु भएको छ । सोमबार बिहान सभापति देउवा निवासमा उँहा पक्षीय नेताहरूले अनौपचारिक छलफल गरे ।

मन्त्रीका आकांक्षीलाई मिलाउन राज्यमन्त्री र सहायक मन्त्रीसमेत राख्नुपर्ने उक्त बैठकले निष्कर्ष निकालेको छ । सभापति देउवा निकट केन्द्रीय सदस्य श्याम घिमिरेले अब बन्ने सरकारमा काँग्रेसबाट कम्तीमा आधाजसो नयाँ अनुहारका मन्त्री हुने पक्कापक्की भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया