बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द ५ बजेदेखि खुलेको छ । बन्द ५ बजेदेखि खुलेको माओवादीका नेता धर्मेन्द्र बास्तोलाले बताउनुभयो ।

बन्दका कारण सार्वजनिक गाडी कम मात्र चलेकाले गन्तब्यमा पुग्नुपर्ने सर्वसाधारणलाई समस्या भएको छ । सार्वजनिक गाडी नचलेपनि नीजि गाडी र मोटरसाइकल भने चलेका थिए । बन्दकर्ताले बिहान गोगंबु चोकमा बा १ ज २८६ नम्बरको ट्याक्सी र मीनभवनमा बा १ ज ५१ ६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । प्रहरीले जबरजस्ती बन्द गराउँदै हिड्ने ८० भन्दा बढी बन्दकर्तालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया